चीनमा आधा अर्बले लगाए कोरोनाविरुद्धको खोप
एजेन्सी। चीनमा शनिबारसम्म कोरोनाविरुद्ध करिब ५० करोड डोज खोप लगाइएको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार देशभर ४९ करोड ७२ लाख ७० हजार डोज खोप लगाइएको हो। हाल दैनिक करिब डेढ करोडका दरले खोप लगाउने अभियान सञ्चालन भइरहेको आयोगले जनाएको छ। विश्वमा हाल खोप लगाउने अभियानमा चीन अग्रस्थानमा छ। हालसम्म विश्वभर एक अर्ब ६० करोडभन्दा बढी डोज खोप लगाइसकिएको छ।
प्रतिक्रिया दिनुहोस्