एमालेका पूर्वसांसद बस्नेतको कोरोनाका कारण निधन सुनसरी। एमालेका पूर्वसांसद नरेन्द्र बस्नेतको कोरोना संक्रमणका कारण निधन भएको छ। उनको उपचारका क्रममा आज बिहान धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो। कोरोना संक्रमित बस्नेतलाई दुई दिनअघि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। पछिल्लो समय बस्नेत एमाले परित्याग गरेर ऋषि कट्टेलको नेकपाको केन्द्रीय सदस्य थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्