भारतमा कोरोनाविरुद्ध लड्न निक–प्रियंका दम्पतीले जुटाए २२ करोड एजेन्सी। बलिउड तथा हलिउड दम्पती प्रियंका चोपडा र निक जोनसले फन्ड रेजरको माध्यमबाट भारतमा कोरोनाविरुद्ध लड्न २२ करोड भारु जुटाएका छन्। प्रियंका र निकले गिभ इन्डिया नामक संस्थासँग मिलेर उक्त रकम जुटाएका हुन्। प्रियंकाले जम्मा भएको रकम भारतमा अक्सिजन कन्सन्ट्रेटर्स र खोप सहयोगका लागि प्रयोग गरिने जनाएकी छिन्। प्रियंकाले खोप सहयोग गर्न अमेरिकी राष्ट्रपतीसमक्ष मागसमेत गरेकी थिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्