पाकिस्तानमा नौ लाख नाघे कोरोना संक्रमित
एजेन्सी। दक्षिण एसियाली मुलुक पाकिस्तानमा आइतबारसम्म कोरोना संक्रमितको संख्या नौ लाख नाघेको छ। तर, पछिल्लो समय त्यहाँ संक्रमण दरमा गिरावट आइरहेको अधिकारीहरुले बताएका छन्। उनीहरुका अनुसार आइतबार ६२,०६१ को परीक्षण गर्दा ३,०८४ जना संक्रमित पाइएका थिए। त्यहाँ कोरोनाबाट मर्नेको संख्या २०,२५१ पुगेको छ। पाकिस्तानमा ५० लाखलाई कोरोनाविरुद्धको भ्याक्सिन दिइसकिएको छ। पाकिस्तानको जनसंख्या करिब २२ करोड छ।
प्रतिक्रिया दिनुहोस्