भारतमा कोरोनासम्बन्धी कारणले ज्यान गुमाउने तीन लाख नाघ्यो
अल जजिरा। कोरोना महामारीको दोस्रो लहरसँग जुधिरहँदा भारतमा कोरोनासम्बन्धी कारणले मृतकको संख्या ३,०३,७२० पुगेको छ। दुई सातामा भारतमा ५० हजारभन्दा बढीको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोरोनाबाट सर्वाधिक मृतक हुनेमा भारत विश्वमा अमेरिका र ब्राजिलपछिको तेस्रो मुलुक हो। भारतमा हालसम्म कूल संक्रमितको संख्या २ करोड साढे ६७ लाखभन्दा बढी पुगेको छ।
प्रतिक्रिया दिनुहोस्