देशभर ५५ सरकारी प्रयोगशालाबाट कोरोना परीक्षण निःशुल्क
काठमाडौं। सरकारले देशभरका ५५ वटा सरकारी प्रयोगशालाबाट निःशुल्क कोरोना परीक्षण भइरहेको जनाएको छ। आज स्वास्थ तथा जनसंङख्यामन्त्री हृदयेश त्रिपाठीले यसबाहेक नीजि क्षेत्रबाट भने ३६ वटा प्रयोगशालाबाट परीक्षण भइरहेको जानकारी दिए । संक्रमणलाई नियन्त्रणमा लिन स्थानीय निकायसँगको समन्वयमा एन्टिजोन टेष्टका लागि सातै प्रदेशमा एन्टिजोन किट थप पठाइसकेको पनि उनले बताए।
प्रतिक्रिया दिनुहोस्