भारतको उत्तर प्रदेशमा महामारीबीचको चुनावमा खटिएका १,६२१ कर्मचारीले कोरोनाबाट ज्यान गुमाए
एजेन्सी। भारतको उत्तर प्रदेशमा गत अप्रिलमा चार चरणमा भएको ग्रामपञ्चायत चुनावमा खटिएका १,६२१ शिक्षक कर्मचारीले कोरोना संक्रमणका कारण ज्यान गुमाएको त्यहाँको सरकारी शिक्षक संगठनले जनाएको छ। चुनावमा आठ लाख पदका लागि १३ लाखले उम्मेदवारी दिएका थिए। चुनावका दौरान भारतमा सर्वाधिक संक्रमण देखिएको थियो भने उत्तर प्रदेशमा अस्पताल भरिएका थियो। उत्तर प्रदेशमा २२ करोड घरधुरी छ।
प्रतिक्रिया दिनुहोस्