नेपालमा हालसम्म कोरोना सङ्क्रमितका कारण मृत्यु हुने ६५ सयभन्दा बढी काठमाडौँ। कोरोनासम्बन्धी कारणले आज १८५ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हालसम्म नेपालमा कोरोनाभाइरससँग सम्बन्धित कारणले गर्दा ६,५३१ जनाले ज्यान गुमाइसकेका छन्। नेपालमा कूल कोरोना सङ्क्रमितमध्ये १.२५ प्रतिशतले ज्यान गुमाएका छन्। केही दिनयता यो प्रतिशत बढ्दो क्रममा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्