कोभ्याक्सिन सूचीकृत गराउन भारत बायोटेकले डब्ल्यूएचओमा बुझायो कागजपत्र एजेन्सी। भारत बायोटेक इन्टरनेसनलले आफ्नो उत्पादन कोभ्याक्सिन आपत्कालीन प्रयोगको स्वीकृति लिन विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)मा सोमबार कागजपत्र बुझाएको सरकारलाई जानकारी दिएको छ। पहिला पनि कागजपत्र बुझाएको, तर डब्ल्यूएचओले मान्यता नदिएपछि अन्य दस्तावेज पेश गरेको कम्पनीले बताएको छ। डब्ल्यूएचओले कोभ्याक्सिनलाई अब स्वीकृति दिनेमा कम्पनी विश्वस्त रहेको बताइएको छ। कोभ्याक्सिनलाई यसअघि नै ११ देशले प्रयोगका लागि स्वीकृति दिइसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्