पतञ्जलि डेरीका उपप्रमुखको कोरोनाका कारण मृत्यु
एजेन्सी। योगगुरु रामदेवको कम्पनी पतञ्जलि आयुर्वेदका डेरी उपप्रमुख सुनिल बंसलको कोरोनाबाट मृत्यु भएको छ। पतञ्जलिले बंसलको एलोपेथिक उपचारमा कम्पनीको कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ। बंसल पतञ्जलिको डेरी विभागको भाइस प्रेसिडेन्ट थिए। ५७ वर्षीय बंसलको मे १९ का दिन मृत्यु भएको कम्पनीले सोमबार जानकारी दिएको छ। रामदेवले कोरोनाको उपचार एलोपेथी औषधिबाट नहुने जिकिर गर्दै विवादित बन्दै आएका छन्।
प्रतिक्रिया दिनुहोस्