बाँकेमा संक्रमणको कारण थप दश जनाको मृत्यु बाँके। कोरोनाको दोस्रो लहर सुरु भएसँगै सोमबार बेलुका करीब ४ बजेदेखि मंगलबार बिहान सात बजेसम्म बाँके जिल्लामा उपचाररत १० कोरोना संक्रमितको मृत्यु भएको जिल्लाका कोभिड फोकल पर्शन तेज ओलीले बताए। बाँकेका ५ जना, दाङका ३ जना र बर्दियाका दुईजना गरी दश जना संक्रमितको मृत्यु भएको उनले जनाए। जिल्लाभित्र र बाहिरका गरी बाँके जिल्लामा ५ सय तीस संक्रमितको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्