एनआरएनएले सात वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने
काठमाडौं। गैरआवासीय नेपाली संघले सात वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको छ। संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको संघका राष्ट्रिय समिति, पदाधिकारीहरु, केन्द्रीय पार्षदहरुको संयुक्त बैठकले सो निर्णय गरेको हो। प्लान्ट स्थापना कार्य छिट्टै सम्पन्न गरिने संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। कोरोना महामारी नियन्त्रण गर्ने नेपाल सरकारको पहलमा सघाउन प्लान्ट स्थापना गर्ने निर्णय गरिएको संघले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्