दुई सातामा विदेशमा कोरोनाका कारण ४१ नेपालीको मृत्यु
काठमाडौं। विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरसका कारण दुई सातमा विदेशमा थप ४१ जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार भारतमा २९, कतारमा ८, फ्रान्समा १, माल्दिम्समा १, बेल्जियममा १ र पोर्चुगलमा १ जना नेपालीको कोरोनाका कारणले ज्यान गएको हो। संघले संकलन गरेको तथ्यांकअनुसार भारतसहित विश्वभकरका २८ मुलुकमा हालसम्म ४२३ जना नेपालीको कोरोनाका कारण मृत्यु भइसकेको छ।
प्रतिक्रिया दिनुहोस्