निषेधाज्ञा थप्न उपत्यकाका तीनै सीडीओको बैठक बस्दै काठमाडौं। निषेधाज्ञा थप्न भन्दै काठमाडौं उपत्यकाका तीनैजना सीडीओहरुको बैठक बस्ने भएको छ। आज चार बजे काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने तयारी रहेको भक्तपुरका सीडीओ प्रेमप्रसाद भट्टराईले देखापढीलाई जानकारी दिए। “एकदेखि दुईसाता निषेधाज्ञा थपिनसक्छ, बैठकपछि थाहा हुनेछ”, उनले भने, “निषेधाज्ञालाई अझै प्रभावकारी बनाउन पहल गर्दैछौं।” काठमाडौं जिल्ला प्रशासनले कोभिड १९ सम्बन्धी जारी अध्यादेशलाई कार्यान्वयनमा ल्याइसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्