कोभिड बिरामीलाई निःशुल्क एम्बुलेन्स ताप्लेजुङ। सिरिजङ्घा गाउँपालिकाले कोभिडका बिरामीलाई उपचारका लागि लैजान निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ।गाउँपालिकाको केन्द्र तेल्लोकमा रहेको अस्थायी कोभिड अस्पतालमा बिरामीको उपचार हुन नसकी अन्य कोभिड अस्पतालमा लैजानु परेमा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने गाउँपालिकाले जनाएको हो। गाउँ कार्यपालिकाको बैठकले निःशुल्क एम्बुलेन्स सेवा प्रदानसहित माताहतका १० वटै स्वास्थ्य संस्थामा ‘फिवर क्लिनिक’ सञ्चालन गर्ने निर्णयसमेत गरेको छ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्