भारतबाट नेपाल प्रवेश गर्ने नेपालीको कोरोना परीक्षण रोकियो काठमाडौं। वीरगन्जमा गरिँदै आइएको भारतबाट नेपाल प्रवेश गर्ने नेपालीको कोरोना परीक्षण रोकिएको छ। एन्टिजेन किटको अभाव भएपछि परिक्षण रोकिएको हो। वीरगञ्ज महानगरपालिकाले हेल्थ डेस्क स्थापना गरी भारतबाट फर्कनेको कोरोना परीक्षण गर्दै आएको थियो। दैनिक भारतबाट सो नाका भएर२५ जनाभन्दा बढी नेपाली वीरगञ्ज प्रवेश गर्ने गरेको महानगरपालिका बताउँछ। भारतबाट दैनिक दशदेखि पन्ध्रवटा पिकअप गाडीमा तरकारी ल्याउने चालकको पनि परीक्षण हुनसकेको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्