बालमन्दिरका ४९ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि काठमाडौं। काठमाडौंको नक्साल र सिफलका दुई बालमन्दिरमा रहेका बालबालिकाहरुमध्ये ४९ जनामा एकैपटक कोरोना संक्रमण पुष्टि भएको बालमन्दिरकी अध्यक्ष विद्या उपाध्यायले जानकारी गराइन्। सिफलमा ७० जनाको परीक्षण गर्दा अहिलेसम्म ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। दुवै ठाउँका कुल संक्रमित मध्ये १० जना कर्मचारी रहेको उनले बताइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्