सेती अस्पतालमा पछिल्लो २४ घण्टामा चार जना संक्रमितको मृत्यु
कैलाली। कोरोनाका संक्रमणको कारणबाट सेती प्रदेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी गराए। गोदावरी –१० कैलालीका ५१ वर्षीय पुरुष, गोदावरी –९ कैलालीका ४५ वर्षीय पुरुष, कुष्णपुर गापा –५ कञ्चनपुरका २८ वर्षीय पुरुष र पुनरबास गापा –४ कञ्चनपुरका ६० वर्षीय पुरुष गरी चार जना संक्रमितको मृत्यु भएको उनले बताए।
प्रतिक्रिया दिनुहोस्