बाँकेमा कोरोनाबाट २७३ जनाको मृत्यु काठमाडौं। बाँकेमा हालसम्म कोरोनाको संक्रमणका कारण २७३ जनाले ज्यान गुमाइसकेका छन्। कोरोनाको दोस्रो लहर शुरु भएपछि मात्र बाँकेमा संक्रमणका कारण २१५ जनाको मृत्यु भएको छ। बाँकेमा अहिले ३९४ जना अस्पताल र एक हजार ५५७ जना संक्रमित होम आइसोलेशनमा रहेका छन्। बाहिरी जिल्लाबाट उपचारका लागि बाँके आएका २४० जनाको कोरोनाबाट मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्