काठमाडौं महानगरपालिकाभित्र सक्रिय कोरोना संक्रमितको संख्या ११ हजार ४५३
काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र सक्रिया कोरोना संक्रमितको संख्या ११ हजार ४५३ रहेको छ। संक्रमितमध्ये १० हजार ७३६ जना होम आइसोलेसनमा, ५७९ जना अस्पताल र १३८ जना संस्थागत आइसोलेसनमा रहेको महानगरपालिकाले जनाएको छ। काठमाडौं महानगरपालिकामा सबैभन्दा बढी वडा नं.३ मा १ हजार २१५ वडा नं.३१ मा ९२२, वडा नं.३२ मा ८३२ र वडा नं.९ मा ८९४ सक्रिय संक्रमति रहेका छन्।
प्रतिक्रिया दिनुहोस्