बाँकेमा घट्यो कोरोनाको संक्रमणदर र मृत्युदर
बाँके। कोरोना संक्रमणको दोस्रो लहरले अस्तव्यस्त बनेको बाँके सामान्य अवस्थामा फर्किन थालेको छ। दिनहुँ कैयौँ संक्रमितको मृत्यु हुने गरेकोमा पछिल्लो दुई दिनयता मृत्युदर शुन्यमा झरेको छ। संक्रमणको केन्द्रबिन्दु बनेको बाँकेमा संक्रमितको संख्या घटेसँगै अस्पतालमा उपचारको लागि आउने बिरामीको संख्यासमेत घट्दै गएको छ। नेपालगञ्जस्थित भेरी अस्पतालका अनुसार बाँकेमा दैनिक सात÷आठसय लक्षणसहितका संक्रमित फेला पर्ने गरेका थिए। रासस
प्रतिक्रिया दिनुहोस्