काठमाडौं उपत्यकामा कोभिड-१९ : सक्रिय सङ्क्रमित करिब साढे २८ हजार
काठमाडौं। हालसम्म काठमाडौं उपत्यकामा २८,४४३ सक्रिय सङ्क्रमित छन्। यसमध्ये काठमाडौंमा १६,३३८, ललितपुरमा ७,१५२ र भक्तपुरमा ४,९५३ सक्रिय सङ्क्रमित छन्। हालसम्म काठमाडौंमा १,८०,९९४, ललितपुरमा ३१,७८५ र भक्तपुरमा १८,९७९ जना सङ्क्रमित भइसकेका छन् भने तीनै जिल्लामा क्रमशः १५०५, ३९७ र ३०२ जना सङ्क्रमितको मृत्यु भइसकेको छ। निको हुनेमा काठमाडौंमा १,६३,१५१, ललितपुरमा २४,२३६ र भक्तपुरमा १३,७२४ जना छन्।
प्रतिक्रिया दिनुहोस्