कोरोनाबाट मृत्यु हुने परिवारलाई बीस हजार सहयोगकोरोनाबाट मृत्यु हुने परिवारलाई बीस हजार सहयोग
ताप्लेजुङ। कोरोना माहामारी तीव्र बनिरहेको अवस्थामा सिरिजङ्गा गाउँपालिकाले संक्रमणबाट मृत्यु भएमा दाहसंस्कारका लागि २० हजार सहयोग गर्ने निर्णय गरेको छ। अध्यक्ष टिकाराम गुरुङले अस्थायी कोरोना अस्पतालमा रहेका बिरामीलाई खाजाको व्यवस्था गाउँपालिकाले गर्ने र होम आइसोलेसनमा रहेकालाई पोषणयुक्त खानाको लागि दुई हजार प्रदान गरिने बताए।
प्रतिक्रिया दिनुहोस्