आज काठमाडौं उपत्यकामा १,४९३ जनामा सङ्क्रमण
काठमाडौँ। गत २४ घण्टामा काठमाडौँ उपत्यकामा १,४९३ जनामा कोरोना सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आज दिइएको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार काठमाडौँमा सर्वाधिक थप १,१३९ जनामा, भक्तपुरमा थप ११३ जनामा र ललितपुरमा थप २४१ जनामा कोरोना सङ्क्रमण देखिएको हो। यो देशभरको गत २४ घण्टाको कूल सङ्क्रमणको २२.२४ प्रतिशत हो। यो दर घट्ने क्रममा छ, अर्थात् उपत्यकाबाहिर सङ्क्रमण बढ्दो छ।
प्रतिक्रिया दिनुहोस्