चीनको जस्तो अनुशासन नहुनाले भारतमा संक्रमण रोक्न गाह्रो
एजेन्सी। भारतीयहरु चिनियाँजस्तो अनुशासित नहुनाले कोरोना संक्रमणका नयाँनयाँ लहर आउन सक्ने कानुनवेत्ताहरुले बताएका छन्। गुजरात हाईकोर्टमा जस्टिसहरुले कोरोनाको तेस्रोमात्र होइन चौथो लहरसमेत आउन सक्ने हुनाले सरकारलाई स्वास्थ्य सुरक्षा बढाउन अनुरोध गरे। भारतमा नागरिकलाई फेस मास्क, सोसल डिस्टान्सिङ तथा स्यानिटाइजेसनजस्ता नियम पालना गराउन कठिन रहेको उनीहरुको भनाइ थियो। गुजरातमा कोरोनाका विषयमा दायर गरिएको रिटको सुनुवाइका क्रममा न्यायाधीशहरुले यस्तो टिप्पणी गरेका हुन।
प्रतिक्रिया दिनुहोस्