कोरोना उत्पत्तिबारे जाँचपड्ताल गर्न जासुसी संयन्त्रलाई बाइडेनको निर्देशन
एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना उत्पत्तिबारे जाँचपड्ताल दोब्बर पार्न बुधबार आदेश दिएका छन्। कोरोना मानव सम्पर्कबाट हो या जनावरबाट फैलिएको हो भन्नेबारे खोज गर्न उनले आदेश दिएका हुन्। उनले अमेरिकी राष्ट्रिय प्रयोगशालाहरुमा परीक्षण सहयोग गर्न निर्देशनसमेत दिएका छन्। साथै, चीनको वुहानबाट फैलिएको भन्ने आरम्भिक अनुमानबारे पनि अन्तर्राष्ट्रिय ढंगमा परीक्षण हुनुपर्ने बताएका छन्।
प्रतिक्रिया दिनुहोस्