भारतमा कोरोना कमजोर हुँदै, नयाँ संक्रमितभन्दा निको हुनेको संख्या अधिक
एजेन्सी। कोरोनाको दोस्रो अनियन्त्रित लहर भोगेको भारतमा दुई सातादेखि नयाँ संक्रमितभन्दा निको हुनेको संख्या अधिक हुन थालेको छ। निको हुने दर ९० प्रतिशत नाघेको छ। भारतमा २० करोडभन्दा बढीलाई भ्याक्सिन लगाइसकिएको छ। एक महिनासम्म कोरोनाले विकराल रुप लिएको भारतमा मे १६मा नयाँ संक्रमितको संख्या तीन लाखभन्दा कम थियो। अहिले त्यहाँ पौने तीन लाखको हाराहारीमा दैनिक नयाँ संक्रमित भेटिने गरेका छन्।
प्रतिक्रिया दिनुहोस्