कोरोना संक्रमित वडाध्यक्षको उपचारका क्रममा निधन काठमाडौं। पाँचथरको हिलिहाङ गाउँपालिका–४ का वडाध्यक्ष श्रीप्रसाद शिगूको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ। उनको आज बिहान उपचारका क्रममा मृत्यु भएको हो। उनी दुई सातादेखि झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचाररत थिए। उनको मृत्युको पुष्टि गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङदेनले गरेका हुन्। शवको व्यवस्थापन झापामै गरिने लिङदेनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्