सेती अस्पतालमा कोरोना सङ्क्रमितको भर्ना सङ्ख्या घट्यो
काठमाडौँ। सेती प्रादेशिक अस्पतालमा कुल १२२ बेड क्षमताको आइसोलेसन भएकोमा अहिले कोरोना सङ्क्रमित कम भएपछि अस्पतालका बेडहरू खालि भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताएका छन्। पहिले उपचारका लागि बेड खाली नभएको अवस्था र अहिले कोरोनाको बिरामी भर्ना नभएकोमा खुशी भएको उनले बताए। आज ४४ जना संक्रमितको उपचार हुँदै गरेका उनले जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस्