निषेधाज्ञा कडाइका नाममा जनतामा हाहाकार र असुरक्षा बढाउने काम हुँदै छ : देउवा काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निषेधाज्ञा कडाइका नाममा सरकारले जनतामा हाहाकार र असुरक्षा बढाउने काम गरिरहेको आरोप लगाएका छन्। उनले आज एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “कोभिड-१९ संक्रमणलाई सरकार सत्तासुरक्षाको कवच र जनअधिकार कुण्ठित गर्ने हतियारको रूपमा प्रयोग गर्दै छ।” देउवाले वर्तमान अवस्थामा सरकारको सम्पूर्ण ध्यान कोभिड-१९ को रोकथाम र उपचारमा केन्द्रित हुनुपर्ने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्