बेलायत सरकारले पठाएको २६० भेन्टिलेटरसहितको स्वास्थ्य सामग्री भोलि काठमाडौं आइपुग्ने काठमाडौं। बेलायत सरकारले कोरोना महामारीविरुद्ध लड्न सहयोग स्वरूप पठाएको स्वास्थ्य सामग्री भोलि काठमाडौं आइपुग्ने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार बेलायतले भोलि २६० थान भेन्टिलेटर तथा यससँग सम्बन्धित सरसामान, १९ हजार २ सय थान भाइजर जहाजमा पठाउँदै छ। सोही जहाजमा बेलायतको गैरसरकारी संस्था नेपमेड युकेले १० थान अक्सिजन कन्सन्ट्रेटर नेपाललाई पठाउने परराष्ट्रले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्