काठमाडौं जिल्लामा कोभिड-१९ : सक्रिय सङ्क्रमित सङ्ख्या बढ्यो
काठमाडौं। आज मात्र काठमाडौँ जिल्लामा १,७३८ जनामा कोरोना सङ्क्रमण देखिएको छ। जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या १६,३६१ पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म काठमाडौँ जिल्लामा १,५४४ जना (०.८४ प्रतिशत)ले ज्यान गुमाइसकेका छन् भने कूल सङ्क्रमितको सङ्ख्या १,८३,८७१ पुगेको छ। यसमध्ये १,६५,९६६ जना (९०.२६ प्रतिशत) सङ्क्रमणबाट मुक्त भइसकेका छन्।
प्रतिक्रिया दिनुहोस्