शव व्यवस्थापनमा पनि चर्को शुल्क धनुषा। कोरोना संक्रमितको मृत्युपछि शव व्यवस्थापनमा समेत चर्को शुल्क लाग्ने गरेको पीडितले गुनासो गर्न थालेका छन्। उपचारका लागि आइसीयू र भेन्टिलेटरको सुविधा भएको अस्पताललाई दैनिक २५ हजारदेखि ५० हजारसम्मको शुल्क तिर्न बाध्य भइरहेका सर्वसाधारणले शव व्यवस्थापनमा समेत समस्या खेप्नुपरेको छ। जनकपुरधामस्थित स्वर्गद्वारी (आर्यघाट)मा एउटा शव जलाउन १५ देखि १७ हजारसम्म बुझाउनुपरेको पीडितको गुनासो छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्