पछिल्लो २४ घण्टाभित्र बाँकेमा आठ जना संक्रमितको मृत्यु बाँके। बाँके जिल्लामा कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा आठ जना संक्रमितको ज्यान गएको जिल्लाका कारोना फोकल पर्शन तेज ओलीले बताए। बाँकेका दुई जना पुरुष, दाङका दुई जना पुरुष, बर्दियाका दुई जना पुरुष, जाजरकोटका एक पुरुष र सल्यानकी एक महिला गरी आठ संक्रमितले ज्यान गुमाएको ओलीले जानकारी दिए। उनका अनुसार अहिले बाँकेमा संक्रमित संख्या एक हजार २११ पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्