सङ्क्रमितको मृत्युपछि स्वास्थ्यकर्मीमाथि आक्रमण नेपालगञ्ज।भेरी अस्पतालमा दाङका एक सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका छन्।४ जेठमा अस्पताल भर्ना भएका दाङका बिरामीको अवस्था गम्भीर भएपछि चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा गए राति करिब ८ बजे मृत्यु भएको थियो।मृतकका आफन्तले भेन्टिलेटरमा राखेका कारण बिरामीको स्वास्थ्यकर्मीको लापरबाहीले मृत्यु भएको भन्दै डा.चन्द्रप्रकाश साहु र नर्सहरू अस्मिनी गुरुङ र सदीक्षा गैरैमाथि हातपात गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्