कोरोना उत्पतिबारे डब्लुएचओले दोस्रो जाँच गर्नुपर्छ : भारत
काठमाडौं। अमेरिकाको पछिलाग्दै भारतले पनि कोरोना भाइरसको उत्पतिका सम्बन्धमा दोस्रो चरणको जाँच गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)सँग माग गरेको छ। “डब्लुएचओले कोभिड–१९ को उत्पतिबारे गरेको अध्ययन महत्वपूर्ण छ। यस सम्बन्धमा अर्को चरणको जाँच गर्नुपर्ने आवश्यकता छ, ताकि कुनै निश्कर्षमा पुग्न सकियोस्। यो जाँचको लागि डब्लुएचओलाई सबैको सहयोग हुनुपर्छ”, भारतको विदेश मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्