अक्सिजनको अभावमा एकै रात सातजना संक्रमितको मृत्यु गण्डकी। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजनको कमी हुँदा एकै रात एकजना सुत्केरीसहित सात जना संक्रमितको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्शन शरदचन्द्र बरालले जानकारी गराए। तनहुँकी एक सुत्केरी महिलासहित तीनजना र पोखरा, स्याङ्जा, पर्वत र म्याग्दीका एक–एकजना गरी सातजना संक्रमितको मृत्यु भएको बरालले बताए। उनका अनुसार अहिले अस्पतालमा ७८ जना संक्रमितले उपचार भइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्