चीनमा कोरोना उत्पत्तिबारे जाँचको अमेरिकी मागलाई चीनको जवाफ– अमेरिकामा जाँच गरौँ सीएनएन। अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनमा कोरोनाभाइरस उत्पत्तिबारे जाँचको माग गरेपछि चीनले अमेरिकी सेनाको म्यारिल्यान्डस्थित बायोमेडिकल ल्याबमा भाइरसको उत्पत्तिबारे जाँचको माग गरेको छ। गत वर्ष तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमा जाँचको माग गरेका थिए र त्यसयता यसै फेब्रुवरीमा विश्व स्वास्थ्य संगठनले उहानमा अध्ययन गरेका थिए। चीनले आफूले झैँ वैज्ञानिक अध्ययनमा सहयोग गर्न अमेरिकालाई आह्वान गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्