भक्तपुरमा होम आइसोलेसनमा ३१ जनाको मृत्यु काठमाडौं। स्वास्थ्य कार्यालय भक्तपुरले होम आइेसोलेसनमा बसेका कोरोना संक्रमितमध्ये ३१ जनाको मृत्यु भएको जनाएको छ। वैशाखयता मात्रै २१ जनाको मृत्यु भएको छ। यो संख्या संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बसेकाहरुको मात्र हो। भक्तपुरमा हालसम्म १९ हजार ३५७ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये १४ हजार २५९ संक्रमित निको भइसकेका छन्। संक्रमितमध्ये ३०९ जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्