कुन प्रदेशमा कति छन् होम आइसोलेसनमा? काठमाडौँ। आज देशभर कोरोनाभाइरसबाट सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर एक लाख १३ हजार पुग्दा देशभर १,०५,४४४ जना होम आइसोलेसनमा रहेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअनुसार सबैभन्दा बढी ४०,९८७ जना बागमतीमा र त्यसपछि १९,७३० जना लुम्बिनी प्रदेशमा छन्। त्यस्तै, प्रदेश १ मा १३,४९४, प्रदेश २ मा ७,६९६, गण्डकी प्रदेशमा १०,६३४, कर्णाली प्रदेशमा ५,००८ र सुदूरपश्चिममा ७,८९५ जना होम आइसोलेसनमा रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्