चितवनमा घट्दै कोरोना सङ्क्रमण चितवन। चितवनमा कोरोना भाइरसको सङ्क्रमण विस्तारै घट्दै गएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार गत वैशाखको मसान्तसम्ममा उच्च देखिएको सङ्क्रमण बिस्तारै घट्दै गएको हो। जिल्लाका विभिन्न अस्पतालमा रहेका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा वैशाख १८ गते ७८ जनामा कोरोना सङ्क्रमण देखिएको थियो। यो संख्या क्रमशः दुई सय हुँदै ४०६ जना सम्ममा पुगेको कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन्। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्