खोपका लागि अमेरिकी राष्ट्रपतिलाई पत्राचार
काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी राष्ट्रपति जो बाइडेनलाई पत्र लेखेर कोरोना भाइरसविरुद्धको खोप नेपाललाई सहयोग गर्न अनुरोध गरेकी छन्। राष्ट्रपति भण्डारीको पत्र अमेरिकाका लागि नेपालका राजदूत डा.युवराज खतिवडाले डिसीस्थित स्टेट डिपार्टमेन्टका वरिष्ठ सल्लाहकार इर्भिन मासिंगालाई हस्तान्तरण गरेका छन्। राजदूत खतिवडाले अमेरिकी सरकारसँग नेपालले एष्ट्राजेनेकाको खोप अधिकतम प्राप्त गर्ने अपेक्षा राखेको समेत मासिंगालाई बताएका थिए।
प्रतिक्रिया दिनुहोस्