बाँकेमा पछिल्लो २४ घण्टामा चार संक्रमितको मृत्यु नेपालगञ्ज। कोरोनाबाट बाँकेमा पछिल्लो २४ घण्टामा चार जना संक्रमितको ज्यान गएको छ।बर्दियाका ४२ वर्षीय पुरुष, दाङकी ४२ वर्षीया महिला, सल्यानका ६१ वर्षीय पुरुष र बर्दियाकी ५८ वर्षीया महिला गरी आज बिहान करिब आठ बजेसम्म चार जनाको ज्यान गएको हो। यो सँगै बाँके जिल्लाका २८८ र जिल्ला बाहिरका २७९ गरी बाँके जिल्लामा संक्रमणबाट मृत्यु हनेको संख्या ५६७ पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्