भियतनाममा अति संक्रामक नयाँ भेरियन्ट पुष्टि एजेन्सी। भियतनाममा हावाका माध्यमबाट तीव्र गतिमा संक्रमण फैलिने कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ। भारत र बेलायतमा भेटिएको भेरियन्टबिचको म्युटेशनबाट बनेको नयाँ ‘हाइब्रिड’ भेरियन्ट भेटिएको अधिकारीहरुले बताएका छन्। भियतनामका स्वास्थ्य मन्त्री गुयन थान लङ्गले नयाँ म्युटेशन भएको भाइरस निकै खतरनाक रहेको बताएका छन्। पछिल्ला केही सातादेखि संक्रमण बढिरहेको भियतनाममा नयाँ भेरियन्टले चिन्ता बढाएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्