कोरोना नियन्त्रण गर्न ७० प्रतिशतले भ्याक्सिन लगाउनुपर्छः डब्ल्यूएचओ एजेन्सी। जबसम्म कुल आवादीको ७० प्रतिशतले भ्याक्सिन लगाउँदैनन् तबसम्म कोरोना नियन्त्रणमा नआउने विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)का युरोप डाइरेक्टर हान्स कुल्गेले चेतावनी दिएका छन्। यो महामारी संसारबाट चाँडै नियन्त्रण नहुने पनि उनले बताए। भ्याक्सिन अभियान निकै सुस्त गतिमा चलेकोप्रति उनले गुनासो गरे। कोरोनाबाट अहिलेसम्म ३५ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या १६ करोड नाघेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्