कर्णाली अस्पतालमा गत २४ घण्टामा पाँच संक्रमितको मृत्यु
काठमाडौं। कर्णाली प्रादेशिक अस्पतालमा गएको २४ घण्टामा पाँच जना कोरोना संक्रमितले ज्यान गुमाउनु परेको कर्णाली अस्पतालले जानकारी दिएको छ। सुर्खेतकी ३५ वर्षीया महिला, सुर्खेतकी ७४ वर्षीया महिला, सुर्खेतकी ४६ वर्षीया महिला, सुर्खेतका ७७ वर्षीय पुरुष र सल्यानका ४६ वर्षीय परुष गरी पाँच जना संक्रमितको मृत्यु भएको अस्पतालले जानकारी गरायो।
प्रतिक्रिया दिनुहोस्