काठमाडौं उपत्यकामा आज थपिए एक हजार ९३ जना कोरोना संक्रमित काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका तीन जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंमा आज एक हजार ९३ जना कोरोना संक्रमित थपिएको जनाएको छ। जसअनुसार काठमाडौंमा ८०४, ललितपुरमा १७६ र भक्तपुरमा ११३ जना नयाँ संक्रमित थपिएका छन्। कोरोना संक्रमण उच्च भएका कारण उपत्यकाका तीन वटै जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्