गोकर्णेश्वर नगरपालिकामा चार हजारभन्दा बढी कोरोना भाइरस संक्रमित
काठमाडौं। कोरोना भाइरसको कारणबाट गोकर्णेश्वर नगरपलिकामा हालसम्म चार हजार ३४८ जना संक्रमित पुष्टि भएका छन्। कोरोनाको नयाँ भेरियन्टको कारणबाट दुई हजार २२ संक्रमित भएको नगरपालिकाका स्वास्थ्य संयोजक हरि उपाध्याये बताए। नगरपालिकामा नयाँ भेरियन्ट कोरोनाको कारण ३६ जनाको मृत्यु र कुल संक्रमित मध्ये एक हजार ३८९ जना निको भएको उनले जानकारी गराए।
प्रतिक्रिया दिनुहोस्