९६ वर्षीया वृद्धाले जितिन् कोरोना
म्याग्दी। रघुगङ्गा गाउँपालिका–४ दग्नाम निवासी ९६ वर्षीया वृद्धाले कोरोना भाइरसको सङ्क्रमणलाई जित्न सफल भएकी छिन्। दग्नामको कान्छी गाउँ घर भएकी इनरुपीदेवी पुनले गाउँपालिकाकै कोरोना अस्पतालमा उपचार गरी कोरोनाबाट निको भएकी हुन्। सात दिनअघि कोरोना सङ्क्रमणको कारण श्वासप्रश्वास, ज्वरोलगायतका समस्या देखिएपछि पुनलाई अस्पतालमा भर्ना गरिएको थियो। एक साताको उपचारपछि पुनको स्वास्थ्यमा सुधार आएको थियो। रासस
प्रतिक्रिया दिनुहोस्