कोरोनाका कारण ज्यान गुमाउने उत्तरप्रदेशका पत्रकारका परिवारलाई १० लाख
एजेन्सी।भारतको उत्तरप्रदेशका मुख्ममन्त्री योगी आदित्यनाथले कोरोनाका कारण ज्यान गुमाउने पत्रकारका परिवारलाई १० लाख(भारु) दिने घोषणा गरेका छन्। पत्रकारको अतुलनीय योगदानको कदर गर्दै यो सहयोग दिन लागिएको योगीको भनाइ छ। हिन्दी पत्रकारिता दिवसको अवसरमा उनले भने, ‘‘स्वतन्त्रता आन्दोलनदेखि आजका दिनसम्म भारतमा पत्रकारले सामाजिक जनजागरण र राष्ट्र निर्माणमा पु¥याएको योगदान महत्वपूर्ण छ।’’ सरकार पत्रकारलाई सहयोग गर्न सधैं कटिबद्ध रहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस्